Logo

२०८३, आश्विन १०गते


images
images

ह्वाइट हाउसमा अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव

ह्वाइट हाउसमा अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव

images
  • ह्वाइट हाउसमा अज्ञात व्यक्तिले मोवाइल फालेपछि तनाव
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सुरक्षा कमजोरी भएको विषय बाहिर आएको छ । मंगलबार अज्ञात व्यक्तिले ह्वाइट हाउसमा मोवाइल फोन फ्याँकेपछि बन्द गरिएको बताइएको छ ।

    images
    images
    images

    ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले कसैले आफ्नो फोन बारमाथि फ्याँकेको बताएकी छन् । 

    images
    images
    images

    सो घटनापछि तुरुन्तै आवश्यक सुरक्षा उपायहरू अपनाउदै ह्वाइट हाउस बन्द गरिएको थियो ।

    images
    images
    images

    सो घटना लगत्तै पत्रकारहरूलाई जेम्स ब्राडी ब्रीफिंग रुममा सारिएको थियो भने पेन्सिलभेनिया एभिन्यू अस्थायी रूपमा बन्द गरिएको थियो । 

    घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा थिए र पेन्सिलभेनिया जाने तयारी गरिरहेका थिए । यद्यपि, यो घटनाले उनको कार्यक्रमलाई असर गरेन र उनी आफ्नो निर्धारित समयमा पेन्सिलभेनिया प्रस्थान गरेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।