Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकामा चर्चमा गोली चल्यो, दुई महिलाको मृत्यु

अमेरिकामा चर्चमा गोली चल्यो, दुई महिलाको मृत्यु

images
  • अमेरिकामा चर्चमा गोली चल्यो, दुई महिलाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको केन्टकीस्थित लेक्सिङ्टनको एक चर्चमा भएको गोलीकाण्डमा दुई महिलाको मृत्यु भएको छ । त्यस्तै सो गोलीकाण्डमा दुई पुरुष घाइते भएको सिएनएनले उल्लेख गरेको छ । प्रहरीले संदिग्ध आक्रमणकारीलाई पनि गोली हानेको बताएको छ, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    आक्रमणकारीले लेक्सिङ्टनको ब्लू ग्रास विमानस्थलमा एक प्रहरी अधिकारीलाई गोली हानेर भागेको थियो । यसमा प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । यद्यपि, अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । विमानस्थलमा भएको गोलीकाण्डले यात्रुहरूमा पनि त्रास फैलाएको थियो ।

    images
    images
    images

    अधिकारीहरूले घाइते प्रहरी अधिकारीले बिहान ११:३० बजे ब्लू ग्रास विमानस्थल नजिकै चेकजाँचको लागि कार रोकेको बताएका छन्। त्यसपछि कारमा रहेका संदिग्ध व्यक्तिले उनलाई गोली हानेका छन्। यसपछि संदिग्ध त्यहाँबाट भागेको बताएका छन्। उनले विमानस्थलबाट करिब १६ किलोमिटर टाढा रहेको कार लुटेका थिए। त्यहाँबाट उनी लेक्सिङ्टनको रिचमन्ड रोड ब्याप्टिस्ट चर्चमा भागे र मानिसहरूमाथि गोली चलाउन थालेका थिए । चोरी भएको कारको स्थान पत्ता लगाउँदै प्रहरी चर्च पुगेर आक्रमणकारीलाई मारिदिएको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।