देवदह । देवदहमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवलस्थित ग्यास्ट्रो सेन्टरले इन्डोस्कोपीसहित १५१ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको जनाइएको छ ।
स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार देवदहको आयोजनामा संचालित कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसालले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा १५ जनाको निशुल्क इन्डोस्कोपीसहित १५१ जनाको स्वास्थ्य परिक्षण र औषधि वितरण गरिएको ग्यास्ट्रो सेन्टरका युवराज थापाले जानकारी दिए ।
खुल्ला व्यायामशालाको उद्धाटनसमेत गरिएको कार्यक्रममा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवारका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षता रहेको कार्यक्रममा खड्ग बहादुर पुनको स्वागत तथा जयबहादुर पुलामी मगरको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology