Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पले लगाएको करको सामना गर्न ब्राजिल तयार छ : राष्ट्रपति सिल्भा

ट्रम्पले लगाएको करको सामना गर्न ब्राजिल तयार छ : राष्ट्रपति सिल्भा

images
  • ट्रम्पले लगाएको करको सामना गर्न ब्राजिल तयार छ : राष्ट्रपति सिल्भा
    images
    images

    काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले अमेरिकाले ब्राजिलमाथि लगाएको कुनै पनि करको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा ५० प्रतिशत करको घोषणा गरेपछि राष्ट्रपति सिल्भाले ट्रम्पको  करको सामना गर्न आफू तयार रहेको बताएका हुन् ।

    images
    images
    images

    ट्रम्पले एक पत्रमा ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोमाथि गरिएको व्यवहार र अमेरिकन टेक कम्पनिमाथि ब्राजिलमा भएको व्यबहारलाई कर वृद्धिको कारणको रूपमा उल्लेख गरेका छन् । बोल्सोनारोमाथि ब्राजिलमा २०२२ को आम चुनावको नतिजा उल्टाएको आरोप छ। उनी हाल यस विषयमा मुद्दाको सामना गरिरहेका छन् ।

    images
    images
    images

    ब्राजिल अमेरिकाको १५औं ठूलो व्यापारिक साझेदार हो र अमेरिकाबाट यसको मुख्य आयातमा खनिज इन्धन, विमान र मेसिनरी समावेश छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।