Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा

भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा

images
  • भारतले २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको खुलासा
    images
    images

    काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्मले भारतमा रोयटर्स, टीआरटी र ग्लोबल टाइम्स जस्ता अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूको एक्स खाताहरू ब्लक गर्ने विषयमा प्रतिक्रिया दिएको छ ।

    images
    images
    images

    एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा जुलाई ३, २०२५ मा भारत सरकारले आईटी ऐनको धारा ६९ए अन्तर्गत भारतमा २३ सय ५५ एक्स खाता ब्लक गर्न आदेश दिएको उल्लेख गरेको छ ।

    images
    images
    images

    एक्सले भनेको छ- 'यी खाताहरूमा रोयटर्स र रोयटर्स वर्ल्डका खाताहरू समावेश थिए । यसको पालना नगर्दा आपराधिक दायित्वको जोखिम हुन्छ । इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले कुनै कारण नदिई एक घण्टा भित्र तत्काल कारबाहीको माग गरेको थियो र अर्को सूचना नभएसम्म खाताहरू ब्लक राख्न भनिएको थियो । जनताको आक्रोश पछि, सरकारले रोयटर्स र रोयटर्स वर्ल्डका खाताहरू अनब्लक गर्न भन्यो ।'

    images
    images
    images

    एक्सले अगाडी भनेको छ- 'हामी यी ब्लक गर्ने आदेशहरूको कारण भारतमा भइरहेको प्रेस सेन्सरशिपको बारेमा धेरै चिन्तित छौं । एक्सले सबै उपलब्ध कानुनी विकल्पहरू विचार गरिरहेको छ । भारतीय कानूनले एक्सलाई यी कार्यकारी आदेशहरू विरुद्ध कानुनी चुनौती दिन निषेध गर्दछ । हामी प्रभावित प्रयोगकर्ताहरूलाई अदालत मार्फत कानुनी उपचार खोज्न अपील गर्दछौं ।'

    गत हप्ता, रोयटर्सको खाता ब्लक ब्लक भएपछि भारत सरकारले रोयटर्सको खाता ब्लक गर्न कुनै कानुनी माग नगरेको दाबि गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।