Logo

२०८३, श्रावण २७गते


images
images

ओशो जेतवन लुम्बिनीमा वृक्षरोपण

ओशो जेतवन लुम्बिनीमा वृक्षरोपण

images
  • ओशो जेतवन लुम्बिनीमा वृक्षरोपण
    images
    images

    भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशील संस्था जगर्श ग्रुप, भैरहवाले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षरोपण गरेको छ । जगर्शका सदस्य स्वर्गीय प्रदीप अग्रवालको सम्झनामा शनिवार ओशो ध्यान केन्द्र क्षेत्रभित्र वृक्षरोपण गरिएको सचिव अनिल केसीले जानकारी दिए । अग्रवालको ४ वर्ष अघि निधन भएको थियो । आफ्ना सदस्य अग्रवालको निधनको सम्झनामा जगर्शले विगतदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

    images
    images
    images

    जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपानेका अनुसार शनिवार ओशो ध्यान केन्द्र क्षत्रेमा १३ प्रजातीका विरुवा रोपिएको हो । ‘हामीले हाम्रा सदस्य प्रदीपजीको सम्झना र सामाजिक कार्य अन्तर्गत वृक्षरोपण गरेका हौं ।’ न्यौपानेले भने, ‘ओशोको आश्रम क्षेत्र भएकाले उत्पादनमूलक र फलफूलका विरुवा रोपिएको छ ।’

    images
    images
    images

    उनले जगर्श सधैं सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताए । संस्थाले गरिब तथा विपन्नलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, दैविप्रकोपबाट क्षति व्यहोरेका परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग र विभिन्न विद्यालय एवा् अनाथ आश्रमहरुलाई शैक्षिक सामग्री समेत सहयोग गर्दै आएको छ । 

    images
    images
    images

    कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारीका अनुसार आँप, लिची, रक्तचन्दन, अम्वा, कागती, जामुन, कटहर लगायतका दर्जनौं विरुवा ओशो आश्रमस्थल लुम्बिनीमा रोपिएको छ । विरुवा हुर्किएपछि वातावरणलाई स्वच्छ राख्न मद्दत गर्ने र उत्पादनमूलक विरुवा भएकाले आश्रमलाई आवश्यक पर्ने फलफूल समेत आोशो परिसरमा उपलब्ध हुने अधिकारीले बताए ।

    वृक्षरोपण कार्यक्रममा जगर्शका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरु, सल्लाहकार, ओशो जेतवन लुम्बिनीका प्रमुख तथा ओशोका अनुयायीहरु सहभागी थिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।