Logo

२०८३, आश्विन ९गते


images
images

साना किसान केरवानीले सेयरसदस्यलाई बाँड्यो सिडलेस लिचीका विरुवा

साना किसान केरवानीले सेयरसदस्यलाई बाँड्यो सिडलेस लिचीका विरुवा

images
  • साना किसान केरवानीले सेयरसदस्यलाई बाँड्यो सिडलेस लिचीका विरुवा
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था केरवानीले शुक्रवार सेयर सदस्यहरुलाई फलफुलका विरुवा वितरण गरेको छ  । यो पटकएक हजार सेयर सदस्यलाई प्रति सेयर सदस्य एक विरुवाको दरले सिडलेस लिचीका विरुवा वितरण गर्न लागिएको संस्थाका अध्यक्ष दिपक पौडेलले जानकारी दिए । 

    images
    images
    images

    सहकारीको सामुदायिक विकास कोष अन्तर्गतको रकमबाट ८२ हजार रुपैंया बराबरको विरुवा खरिद गरी वितरण गर्न लागिएको र आजमात्र चार सय भन्दा बढि विरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताए । पौडेलले भने, ‘अनावश्यक रुपमा गरिने भ्रमण लगाएतका कार्यक्रमको खर्च कटौती गरेर सेयर सदस्यलाई प्रत्यक्ष फाईदा पुग्ने किसिमले विरुवा वितरण गर्न लागेका छौं । यसले २÷३ बर्षपछि उत्पादन दिन थाल्नेछ ।’

    images
    images
    images

    यो बर्षबाट ट्रायलको रुपमा सुरुवात गरिएको कार्यक्रम प्रभावकारी रहेमा अर्कोबर्ष समेत निरन्तरता दिने र फरक किसिमका विरुवाहरु उपलब्ध गराईने संस्थाले जनाएको छ ।  

    images
    images
    images

    कार्यक्रममा सानाकिसान लघुवित्त वित्तिय संस्था बुटवलका वरिष्ठ अधिकृत विदुर अर्याल, संस्थाका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु लगाएतको उपस्थिती थियो । केरवानी सहकारीमा हाल एक हजार पाँच सय ७५ जना सेयर सदस्यहरु रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साना किसान केरवानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।