Logo

२०८३, आश्विन १०गते


images
images

अफगानिस्तानको राजदूतलाई स्वीकार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

images
  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
    images
    images

    काठमाडौँ । २०२१ मा सत्तामा आएदेखि अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र बनेको छ । रुसले इस्लामिक देश अफगानिस्तानको राजदूतलाई स्वीकार गर्दै तालिबान सरकारलाई मान्यता दिएको हो ।

    images
    images
    images

    रुसको विदेश मन्त्रालयले भनेको छ- 'हामी विश्वास गर्छौं, अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।'

    images
    images
    images

    विदेश मन्त्रालयले अगाडी बनेको छ- 'हामीले ऊर्जा, यातायात, कृषि र पूर्वाधारका क्षेत्रहरूमा परियोजनाहरूमा जोड दिँदै व्यापार र आर्थिक क्षेत्रमा सहयोगको लागि महत्त्वपूर्ण सम्भावनाहरू देखेका छौं । साथै हामी क्षेत्रीय सुरक्षालाई सुदृढ पार्न र आतंकवाद र लागूपदार्थ सम्बन्धी अपराधको खतरासँग लड्न काबुललाई सहयोग गर्न जारी राख्नेछौं ।'

    images
    images
    images

    रुसी मन्त्रालयको विज्ञप्तिमा रूसका लागि नयाँ अफगान राजदूत गुल हसन हसनको तस्बिर पनि समावेश थियो, जसले रूसी उप-विदेशमन्त्री एन्ड्रे रुडेन्कोलाई आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।