Logo

२०८३, आश्विन ११गते


images
images

असल अभ्यास

गुल्मीदरवारमा गर्भवतिलाई घाँटीमा दुवोको माला : हातमा कोसेली

गुल्मीदरवारमा गर्भवतिलाई घाँटीमा दुवोको माला : हातमा कोसेली

images
  • गुल्मीदरवारमा गर्भवतिलाई घाँटीमा दुवोको माला : हातमा कोसेली
    images
    images

    गुल्मी । कति आमाले प्रसुतीकै कारण ज्यान गुमाए । घाँस काट्दा बारीमा, मेलापात जाँदा खेतमा र घरधन्दा गर्दैगर्दा गोठमा बच्चा जन्माएको सुनाउने आमाहरु गाउँभरि बग्रेल्ती भेटिन्छन् । गर्भावस्थामा मिठो मसिनो नपाएका, आराम गर्ने समयमा झाँतो घुमाएका, घाँस काटेका र मेलापातमा दिन बिताएका किस्सा सुन्दा शरिरनै सिरिङ्ग हुन्छ । तर, समयले कोल्टे फेरेको छ । 

    images
    images
    images

    गुल्मीदरवार गाउँपालिका–६ की २२ बर्षे सृष्टी नेपालीलाई पनि दुवोको माया लगाउँदा केहीबेर अप्ठ्यारो नहुने कुरै भएन । तर, आमा बन्न थालेको कुराले गम्भिर बनेकी उनको मन केहिबेपछि भने खुसी बन्यो । उनलाई माला लगाइदिने महिला स्वयम्सेविका सरस्वती वस्याललाई पनि सृष्टीको काँधमा दुवोको माला पहिराइदिएपछि खुसी नै लाग्यो । कैयौ महिला स्वास्थ्य स्वयम्सेविककाकै समयमा लुकेर, अँधेरो कोठामा सुत्केरी हुने चलन थियो । बाहिर नदेखिने बेलासम्म गर्भावस्थाको कुरा सुनाउन लाज हुन्थ्यो । तर, अचेल समय र परिस्थिति फरक बनेको छ । त्यसैले त गभर्वावस्थाका आमाहरु सहजै खुल्छन् र बोल्छन् पनि ।  

    images
    images
    images

    गुल्मीदरवार गाउँपालिकाले आयोजना गरेको पोषण शिक्षा तथा पोसिलो कोसेली वितरण कार्यक्रममा गर्भवति सृष्टीलाई माला लगाएर नाङलोभरी हरेक वार खाना चार्टसहितको पोसिलो कोसेली प्रदान गरियो । सन्तान जन्माउने महिलाको लागि पुर्नजीवन भएकोले लुकेर नभई खुलेर समाज र परिवारको माया दिलाउन आफुहरु अनवरत लागेको स्वास्थ्य स्वयम्सेविका बस्यालले बताइन् । 

    images
    images
    images

    गुल्मीदरवार गाउँपालिकाले स्थापना कालदेखिनै मातृ तथा नवजात शिशुको ख्याल गर्न ‘कस्तो छ आमा’ कार्यक्रम संचालन गरेको थियो । दुई बर्षपछि कार्यक्रमलाई केहि हेरफेर गर्दै ‘मेरी आमा स्वस्थ आमा’ नाम दिएर निरन्तरता दिइरहेको छ । यो कार्यक्रम मार्फत महिला गर्भवति भएदेखि प्रसुती भएर बच्चा दुई बर्षको नपुग्नेबेलासम्म विभिन्न रचनात्मक सहयोग र सचेतनाका काम हुने गर्छन् । पहिलो गर्भ परिक्षण र तौल लिँदा ‘उपाध्यक्ष कोसेली’ मार्फत गुल्मीदरवारमा अण्डा वितरण गर्ने गरिएको छ । त्यस्तै नियमित गर्भजाँच, घरमै पुगेर स्वास्थ्य परीक्षण, निशुल्क एम्वुलेन्स, पोसिलो कोसेली वितरण लगायत गर्ने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । 

    गुल्मीदरवारमा बार्षिक सदरदर २०० भन्दा बढि महिला गर्भवति हुने गरेका छन् । पालिकाभरमा ८३ स्वास्थ्य आमा समुह मार्फत गर्भवतिको नियमित निगरानी, पोषण प्रर्वद्धन लगायतका काम हुने अर्यालले बताए । गाउँपालिका नेपालमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका पनि हो । अहिले पूर्ण पोषणमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्न पोषण प्रर्वद्धनका विभिन्न कार्यक्रम भइरहेको स्वास्थ्य संयोजक अर्यालले बताए । आगामी आर्थिक बर्षबाट प्रत्येक वडाका बिद्यालयमा र सरोकारवालासँग पोषणका बिषयमा बहस पैरवी र अभियान सञ्चालन गर्ने योजना रहेको अर्यालले जानकारी दिए । 

    गाउँपालिकाले आगामी बर्षको लागि नीति तथा कार्यक्रममा प्रसूति सेवा, क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा बिपन्न र ८५ वर्ष माथिका जेष्ठ नागरिकहरुको लागि निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिएको छ । स्वास्थ्य र सरसफाई सम्बन्धि तोकिएका सुचकहरु पुरा गर्ने परिवारलाई ‘स्मार्ट एण्ड हेल्दी फेमिली’को रुपमा सम्मान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताउँछन् । त्यो बाहेक विपन्न सुत्केरी राहत कार्यक्रम, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान र उमेर पुगेकालाई बिदाई लगायतका विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ । 

    भौतिक पूर्वाधारसंगै आर्थिक समाजिक र साँस्कृतिक विकास अहिलेको आवश्यकता हो । तर, आर्थिक समाजिक र साँस्कृतिक क्षेत्रभन्दा पूर्वाधारलाई मात्र विकास देख्ने प्रवृत्ति र सिमित स्रोतसाधनका कारण स्थानीय तहले नागरिकका सवै गुनासाहरु पुरा गर्न नसकेको गुल्मीदरवार गाउँपालिका उपाध्यक्ष तारा थापाले बताए । उनले गाउँपालिकामा महिलाको स्वास्थ्यसंग जोडिएको मातृ तथा नवजात शिशुको क्षेत्रमा आफुहरुले गरेका रचनात्मक कामको परिणाम र स्थानीय स्तरमा सन्तुष्टि मिलेको बताए । 

    स्वास्थ्य मानव जीवनको महत्वपूर्ण पाटो हो । स्वास्थ्यलाई अमुल्य सम्पत्तिको रुपमा समेत हेर्ने गरिन्छ । स्वस्थ बच्चाको जन्म, बच्चा जन्मिएसँगै स्वास्थ्य जोखिममुक्त आमा, अनि खुसी र सुखी परिवार, यो सबैको चाहना हो । यो चाहना पुरा गर्न गुल्मीदरवार गाउँपालिकाले खेलेको भुमिका सरहानिय छ । यसलाई अन्य स्थानीय निकायले समेत सिको गर्नुपर्ने देखिन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।