Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

काठमाडौँ महानगरमा मापदण्ड विपरीतका जारमा पानी सप्लाई

काठमाडौँ महानगरमा मापदण्ड विपरीतका जारमा पानी सप्लाई

images
  • काठमाडौँ महानगरमा मापदण्ड विपरीतका जारमा पानी सप्लाई
    images
    images

    काठमाडौँ । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् ।

    images
    images
    images

    काठमाडौँ महानगरको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरु जफत गरियो । जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । 

    images
    images
    images

    पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । 

    images
    images
    images

    अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ । यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराव अवस्था हुन नदिन संवेदशील रहन आग्रह समेत गरिएको छ । 

    बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको महानगरपालिकाले आजदेखि अनुगमन सुरु गरेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।