Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

अल्झियो विद्यालय शिक्षा विधेयक, शिक्षा समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

अल्झियो विद्यालय शिक्षा विधेयक, शिक्षा समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

images
  • अल्झियो विद्यालय शिक्षा विधेयक,  शिक्षा समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको समितिको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    सोमबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री पन्तले आफुलाई केहि विषयमा सहमति जुटाउन केहि दिन समय चाहिने भएकाले केहि दिन समय मागेको स्पष्ट गरेका छन् । शिक्षकसँग भएको सहमति कार्यान्वयनको चरणमा गइसकेको भन्दै बजेट समेत विनियोजन समेत भइसकेको अवस्थामा अहिले फेरी आन्दोलनमा जानुपर्ने अवस्था नआओस भनेर आफुले प्रयत्न गरिरहेको बताए ।

    images
    images
    images

    उनले भने- ' मेरो आग्रह २-३ समय दिउ, आजको बैठक स्थगित गरौँ, सरकारको तर्फबाट प्रयत्न गर्छौं, कांग्रेसले केहि दिन बैठक सारेर छलफल गरौँ भनेपछि, यसलाई मानेर जाऊ । मलाई र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई छलफल गर्न समय दिनुस् ।'       

    images
    images
    images

    आज पारित गर्ने तयारी भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नै समितिको बैठकमा पुगेर आजका लागि बैठक स्थगित गर्न प्रस्ताव गरेपछि समितिका सदस्यहरुले आपत्ति जनाएका थिए । मन्त्री पन्तले त्यसअघि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सानेपा पुगेर भेटेर आएका थिए । त्यसअघि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुसँग पनि छलफल गरेका थिए ।

    सरकार र नेपाल शिक्षक महासंघबीच असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएपनि समितिले नै विधेयकलाई अन्तिम रुप दिने विषयमा अलमल हुदा आशंका जन्मिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।