Logo

२०८३, श्रावण २७गते


images
images

धान दिवस

देवदहले मनायो रोपाईँ महोत्सव : जनप्रतिनिधिले किसानको खेतमा धान रोपे

देवदहले मनायो रोपाईँ महोत्सव : जनप्रतिनिधिले किसानको खेतमा धान रोपे

images
  • देवदहले मनायो रोपाईँ महोत्सव : जनप्रतिनिधिले किसानको खेतमा धान रोपे
    images
    images

    काठमाडौं । देवदह नगरपालिकाले आज असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएको छ । नगरको वडा नं ३ सेमरहानामा नगरका प्रमुख, उपप्रमुख लगाएत विभिन्न वडाका जनप्रतिनिधिहरुले खेतमा धान रोपेर दिवस मनाएका हुन् । 

    images
    images
    images

    कार्यक्रमको अवसरमा बोल्दै नगरप्रमुख खरेलले कृषि उत्पादनको लागत मुल्य कम गर्न यान्त्रीकरणमा जोड दिनुपर्ने बताए । बजारमा स्थानीय कृषि उत्पादन महंगो पर्ने भएका कारण छिमेकी मुलुकबाट कृषिजन्य सामग्री भित्रीने गरेको बताउँदै उनले अवको किसानले उत्पादन लागतलाई ध्यान दिन आवश्यक रहेको बताए । 

    images
    images
    images

    नगरको बाँझो जमिन अन्त्य गर्ने नीति रहेको उल्लेख गर्दै त्यसको लागि आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको खरेलले उल्लेख गरे । ‘आफ्नो भएको जमिन बाँझो राख्ने अनि स्थानीय हाटमा झोला बोकेर तरकारी किन्न जाने हाम्रो दिनचर्या बनेको छ ।’ 

    images
    images
    images

    प्रमुख खरेलले भने, ‘यस्तो प्रचलन अब हामीले त्याग्नुपर्छ ।’ शहर बजारतिर जग्गानै नभएकाले पनि कौसी खेति गरेर एउटा घरलाई तरकारी उत्पादन गरेर पुर्याउने गरेको उदाहरण दिँदै उनले देवदहवासीसँग प्रसस्त जग्गा भएको तर त्यसलाई उपयोग गर्न नसकेको भन्दै गुनासो व्यक्त गरे ।

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत र पविन्द्र मल्लको सञ्चालनमा भएको कार्यक्रमा कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका थिए । उक्त अवसरमा नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ३ का अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का अध्यक्ष एकबहादुर सुनार लगाएत जनप्रनिधि, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो । 

    कार्यक्रमका सहभागिहरुले स्थानीय थारु कल्याणकारी महिला कृषक समुहका सचिव कल्पना चौधरीको खेतमा धान रोप्दै खुसीयाली साटासाट गरेका थिए । 
     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धान दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।