Logo

२०८३, आश्विन ११गते


images
images

ग्रामिण विकास र समाज लघुवित्त मर्जर प्रक्रिया

ग्रामिण विकास लघुवित्तको मर्जरमा कर्मचारीको असहमति,  संस्थाको भविष्यमाथि खेलवाड  गरेको आरोप

ग्रामिण विकास लघुवित्तको मर्जरमा कर्मचारीको असहमति,  संस्थाको भविष्यमाथि खेलवाड  गरेको आरोप

images
  • ग्रामिण विकास लघुवित्तको मर्जरमा कर्मचारीको असहमति,  संस्थाको भविष्यमाथि खेलवाड  गरेको आरोप
    images
    images

    काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अघि बढाइएको मर्जर प्रक्रियाको विरोध भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्रिय कर्मचारी संगठनले मर्जर प्रक्रियालाई खारेज गर्न माग गर्दै शुक्रबार प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कट्वाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    images
    images
    images

    ध्यानाकर्षण पत्रमा संस्थाका केही सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन तहका उच्च पदस्थ कर्मचारीहरुको व्यक्तिगत स्वार्थ, लाभ तथा पहुँच विस्तारका लागि मर्जर प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ । संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीका अनुसार यस्तो प्रक्रिया संस्थाको दोहन गर्ने रणनीति मात्र हो ।

    images
    images
    images

    “मर्जरले संस्था र शेयर सदस्यहरूमाथि खेलवाड हुनेछ,” पंगेनीले भने, “सयौं कर्मचारीहरूको सेवा सुविधा, उपदान तथा भविष्यमा बहुआयामिक असर पर्नेछ । यसले मनोबल घटाउनेछ र संस्थाको अस्तित्व नै संकटमा पार्नेछ ।”

    images
    images
    images

    ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८०/८१ का वित्तीय सूचकांकसमेत उल्लेख गरिएको छ, जसअनुसार समाज लघुवित्तको चुक्ता पुँजी, निक्षेप संकलन, ऋण लगानी, सदस्य संख्या र ऋणी संख्या सबै सूचकमा ५ प्रतिशतभन्दा कम रहेको जनाइएको छ । “यस्ता कमजोर सूचक भएका संस्थासँग मर्जर गर्नु भनेको नाम मात्रको मर्जर हो, जुन व्यक्तिगत स्वार्थ प्रेरित कदम हो,” पत्रमा भनिएको छ ।

    ग्रामिण विकास लघुवित्तले हालै पाँच सयभन्दा बढी नयाँ कर्मचारी भर्ना गरिसकेको छ । नयाँ कर्मचारीबाटै व्यवसाय वृद्धि सम्भव हुँदा हुँदै समाज लघुवित्तका कर्मचारीलाई नियुक्त गर्ने योजना विधि सम्मत नभएको भन्दै संगठनले आपत्ति जनाएको छ ।

    संगठनले मर्जरजस्तो विषयमा आधिकारिक ट्रेड युनियनसँग कुनै औपचारिक छलफल, संवाद वा परामर्श नगरिएको भन्दै आपत्ति जनाएको छ । स्वतन्त्र अध्ययन विना मर्जर प्रक्रिया अघि बढाइएको भन्दै तत्काल खारेज गर्न माग गरिएको छ ।

    संगठनका केन्द्रीय अध्यक्ष दिपेन्द्र लुईटेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यदि जबर्जस्ती मर्जर प्रक्रिया अघि बढाइयो भने संगठन गम्भीर कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी संस्थापन पक्ष स्वयंले लिनुपर्ने चेतावनी दिइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।