देवदह । रुपन्देहीको देवदहमा बालबालिकाका लागि एक दिने लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिको आयोजनामा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्वन्धी सचेतनामुलक अभिमुखीकरण प्रदान गरिएको हो ।
लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्वन्धी सचेतनामुलक कार्यक्रमको शुभारम्भ गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बालबालिकालाई लागुऔषध दुव्र्यसनीबाट बचाउनको लागि सचेतना कार्यक्रम गरेको बताइन् । उनले वालवालिका भनेको भविश्यको कर्णधार भएकोले लागु औषध दुव्र्यसनी सम्वन्धी विद्यार्थीहरुलाई सचेत गराउन आवश्यक रहेकोमा जोड दिइन् ।
उपप्रमुख गुरुङ्गले जीवनलाई कस्तो बनाउने भन्ने कुरा विद्यार्थीहरुको हात रहेको बताउदै विद्यार्थीहरुले सही र गलत छुट्याउन आवश्यक रहेको बताइन् । उनले लागुऔषधको दुव्र्यसनीमा फसे जीवन वर्वाद हुने बताउँदै जीवन वर्वाद हुनबाट बचाउनको लागि विद्यार्थीहरु सचेत र सजग हुन आवरश्यक रहेकोमा जोड दिइन् ।
लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्वन्धी सचेतनामुलक कार्यक्रममा करुणा चौतारी फाउण्डेसनका काउन्सिलर अरुण थापाले लागुऔषध भनेको के हो, लागुपदार्थमा फस्नुको मुख्य कारण, लागुऔषध सेवनले पार्ने असर लगाएत विषयमा सहजीकरण गरेका थिए ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, देवदह वडा नं ८ का अध्यक्ष हरिप्रसाद पाण्डे लगायतले आ–आफना भनाई राखेका थिए । देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको स्वागत र सुरज पोखरेलीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology