Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

सञ्चालनमा आयो सरकारको ‘श्रम संसार एप’, संसारभरिका नेपालीको विवरण संकलन हुने

सञ्चालनमा आयो सरकारको ‘श्रम संसार एप’, संसारभरिका नेपालीको विवरण संकलन हुने

images
  • सञ्चालनमा आयो सरकारको ‘श्रम संसार एप’, संसारभरिका नेपालीको विवरण संकलन हुने
    images
    images

    काठमाडौँ । सरकारले ‘श्रम संसार एप’ बिहिवारदेखि सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    विहिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एक कार्यक्रमका बीच ‘श्रम संसार एप’ को शुभारम्भ गरेका हुन् ।  

    images
    images
    images

    श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको हो ।

    images
    images
    images

    यो एपमा आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको जानकारी प्राप्त गर्न अब सहज हुने परराष्ट्रमन्त्री डा. राणाले बताएकी छन् । साथै उनले यसबाट आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न पनि अब सहज हुने विश्वास व्यक्त गरेकी छन् ।

    परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको उनले बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।