काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब एक साताभित्र सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको जनाएको छ ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम सकिएको छ । अहिले प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।
यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो । तर गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ ।
गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology