Logo

२०८३, श्रावण २७गते


images
images

सहकारी

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

images
  • प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत संकलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्ने लगायत माग राखेको छ ।

    images
    images
    images

    सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकका कतिपय प्राबधानलाई परिमार्जन गर्न महासंघले सुझाव बुझाएको छ ।

    images
    images
    images

    पूर्वमन्त्री एवं महासंघका पूर्व अध्यक्ष केशव बडाल, नेकपा (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धिच क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिकाहरु ल्याइने भएकाले त्यस अनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।