Logo

२०८३, आश्विन ९गते


images
images

बजेटमाथिको छलफल

पूर्ण बहादुर तामाङको आक्रोस : बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्छु, दुवै उपप्रधानमन्त्रीले ८४ मा नजितुन्

पूर्ण बहादुर तामाङको आक्रोस : बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्छु, दुवै उपप्रधानमन्त्रीले ८४ मा नजितुन्

images
  • पूर्ण बहादुर तामाङको आक्रोस : बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्छु, दुवै उपप्रधानमन्त्रीले ८४ मा नजितुन्
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सरकारका दुई उपप्रधानमन्त्री २०८४ को चुनावमा पराजित हुन बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्ने बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा  बोल्दै तामाङले सहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयको बजेटको आलोचना गर्दै २०८४ पछि दुवै उपप्रधानमन्त्री यो संसदमा नआउन भन्दै प्राथना गर्ने बताए ।

    images
    images
    images

    उनले भने, 'मैले सहरी विकास मन्त्रालयको बजेट लिएको छु । साथीहरुले यो किताब च्यात्ने काम गरे । मैले जनताको कर तिरेको पैसाले बनाएको किताब हो, म च्यात्दिन, बुद्ध भगवान र पशुपतिनाथलाई सम्झेर, यो किताबलाई ढोगेर २०८४ को चुनावमा यो दुवै उपप्रधानमन्त्री यो संसदमा नआओस् भन्ने प्राथना गर्छु।' 

    images
    images
    images

    तामाङले अर्थमन्त्री र सहरी विकासमन्त्रीले बजेट साटासाट गरेको आरोप लगाउदै काठमाडौँ र रुपन्देहीमा बजेट साटासाट गरेको बताए । उनले आफ्नै पार्टीका नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री बन्ने मान्छेले काठमाडौँमा बजेट ल्याएर अब राजनीतिमा के गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।