Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा रास्वपाको रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

देवदहमा रास्वपाको रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

images
  • देवदहमा रास्वपाको रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन
    images
    images

    देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवदह नगर समितिले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी स्थापना दिवसमा आयोजित कार्यक्रममा ४८ पिन्ट  रगत संकलन भएको छ । 

    images
    images
    images

    कार्यक्रमको औपचारिक समारोहमा बोल्दै पार्टीका केन्द्रिय मानव अधिकार विभाग सदस्य गणेश पौडेलले पार्टी स्थापना दिवसलाई सभापति रवि लामिछानेमाथि राज्यले गरेको 'प्रतिशोध'को विरुद्धमा हस्ताक्षर संकलन सहितका कार्यक्रम गरी मनाइएको बताए । रास्वपामा जनताको अथाह माया र विश्वासपछि डराएका पुराना दलले पार्टी सभापतिलाई झुटो आरोपमा फसाएको उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रेम खत्री, जिल्ला सचिव विष्णुप्रसाद पौडेल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    पार्टी नगर अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा नगर सचिव प्रकाश अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।