Logo

२०८३, आश्विन ११गते


images
images

संस्कृति

सुनवलमा एक महिने श्रावणी महा महोत्सव हुने

सुनवलमा एक महिने श्रावणी महा महोत्सव हुने

images
  • सुनवलमा एक महिने श्रावणी महा महोत्सव हुने
    images
    images

    देवदह । पश्चिम नवलपरासीको सुनवलमा ॐकारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महा महोत्सव २०८२ हुने भएको छ । सुनवल नगरपालिकाको वडा न १०, खखरीबारी स्थित हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा श्रावणी महा महोत्सव हुन लागेको हो । 

    images
    images
    images

    हरिहर ॐ कारेश्वर महादेव मन्दिर सेवा समितीले सनिवार सुनवलमा पत्रकार सम्मलेलन गरी महा महोत्सव सञ्चालन गर्न लागिएको र सो को तयारीबारे जनकारी गराएको छ ।

    images
    images
    images

    तयारीबारे जानकारी दिदै महोत्सव मुल समारोह समितिका संयोजक विष्णुप्रसाद पौडेलले श्रावण १ गतेदेखि ३१ गतेसम्म ॐकारेश्वर राष्ट्र काल्याण विश्वशान्ति श्रावणी महा महोत्सव सञ्चालन गर्न लागिएको बताए । उनले मन्दिरको सर्वाङ्गीण विकास, अक्षयकोष स्थापना, जेष्ठ नागरिक सत्संग भवन स्थापनार्थ एवम् धार्मिक एवम् आध्यात्मिक चेतना जागरण गराउने उद्धेश्यले महा महोत्सव गर्न लागिएको जानकारी दिए ।

    images
    images
    images

    पौडेलका अनुसार असार २८ गते मोटरसाईकल –याली, श्रवाण १ गते भिविन्न भेषभुषा, झाँकी, बाजागाजा सहतिको बृहत्तर शोभा कलशयात्रा र १ गते नै हेलिकप्टरबाट पुष्पवृष्टि तथा जलार्पण सहित भव्य रुपमा श्रावणी महोत्सव समुद्घाटन हुनेछ ।  

    यसैगरी श्रवण २ गतेदेखि ३१ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मण्डप पूजा दैनिक रुद्रभिषेक, बेलपत्र अर्पण एवम् पूजा अर्चना र प्रत्येक दिन ११ः२० बजजेदेखी साँझा ६ बजेसम्म राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त काथवाचक एवम् वाचिकाहरुद्धारा विभिन्न देवलीलामय संङ्गीतमय कथा प्रवचन हुनेछ । 

    यस्तै हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म दैनिक लक्ष्यवर्ती तथा तुरिया गंगा एवम् हरिहर ॐकारेश्वर महादेवको श्रङ्गारिक महाआरती हुने संयोजक पौडेलले जानकारी दिए । 

    त्यस्तै साँझा  ८ बजेदेखी राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त कलारकारहरुद्धारा भजन किर्तन सहित विभिन्न प्रस्तुती, तथा श्रावण ३१ गते श्रीकृष्ण भगवनाको प्राकट्य उत्सव पूर्णाहुती सहित समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।

    आयोजकले महोत्सवलाई नवलपरासीमा धार्मीक पर्यटनको विकास गर्ने माध्यमको रुपमा अघि सारेको महामहोत्सवका संकल्पकर्ता वालव्यास श्रवण न्यौपानेले जानकारी दिए । महामहोत्सवलाई भव्य बनाउनका लागि देशविदेशका प्रखर कथावाचक वाचिकाहरुलाई कार्यक्रममा आमान्त्रण गर्ने क्रम जारी छ । 
    ‘सुनवलवासीले यो महा महोत्सवलाई उत्सवको रुपमा लिनुभएको छ ।’ संकल्पकर्ता न्यौपानेले भने, ‘नेपालकै पवित्र भुमि सुनवलबाट विश्वभरका हिन्दु धर्मवलम्बीहरुलाई एउटा सकारात्मक सन्देश दिन चाहन्छौं । जसले विश्वभरका हिन्दुहरुलाई आफ्नो सनातन धर्मप्रति गर्व गर्ने वातावरण बनोस् ।’ 

    उनले महा महोत्सवमा अमृतमय प्रवचन, दैनिक महाआरती तथा जेष्ठ नागरिकको सम्मान र कन्यापूजन लगाएतका कार्याक्रमहरु समेत समावेश गरिने जानकारी दिए । 

    संकल्पकर्ता न्यौपानेले महामहोत्सवमा सवा करोड लक्ष्यवर्ती प्रज्जवलन त्यतिनै संख्यामा पार्थिव शिवलिङ्गपूजन तथा बेलपत्र अलर्पण गरीने बताउँदै बिश्वको सबैभन्दा कन्छाकान्छी कथाबाचिक कथाकाचकको मुखरबिन्दुबाट कथाबाचनको कार्यक्रम सुरुवात गरिने जानकारी दिए । महामहोत्सवमा २० लाख बढि भक्तजनको सहभागिता हुने र १ करोड बढि खर्च लाग्ने आयोजकले जनाएको छ ।

    maha mahotsab 1-min.JPG

    महामहोत्सवलाई आम नागरिकसँग जोड्नका लागि प्रचारप्रसारको कार्यलाई समेत आयोजकले तिव्र पारेको जनाएको छ । सोहि क्रममा पत्रकार सम्मेलन पश्चात सनिवार सुनवलमा रिक्सा र्याली निकालिएको महामहोत्सवका मिडिया तथा सञ्चार संयोजक रमेश भुषालले सेतोमसीलाई जानकारी दिए ।

    कार्यक्रमलाई उदाहरणीय र खर्चमैत्री बनाउने लक्ष्य राखेको आयोजकले महामहोत्सवलाई भव्य उत्सवको रुपमा सम्पन्न गर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रावणी महा महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।