रेशम अधिकारी अशोक, सुनवल । लगनशील, प्रगति र अनुशासन नै हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ समाजमा रहेको कला संस्कृति, भेषभुसाहरुलाई संरक्षण र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले चारपाला युवा क्लबद्वारा आयोजना गर्न लागिएको सांगीतिक उत्सव २०७८ मा कार्तिक १५ गते चर्चित गायक प्रकाश सपूत आउने भएका छन ।
गलबन्दी च्यातियो, बोल माया, लैबालै फररर, मेरो पनि हैन र यो देश, नौरङ्गी सपथ जस्ता थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरूबाट चर्चाको शिखर चुमेका गायक प्रकाश सपूत सांगीतिक उत्सवमा आउने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा सपूत सँगै द भोइस अफ नेपाल ३ कि उपविजेता तारा श्रीस, गायक डोलराज बार्हघरे, विष्णु श्रीपाली, मेख सारुँ, कमल बि सी त्यस्तै गायक तथा डान्सर किशोर थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।
साथै कार्यक्रममा डिजे अतुलको प्रस्तुति सँगै सोरठी नाच र छमछमि कला केन्द्र प्रस्तुति रहने छ ।
उक्त सांगीतिक उत्सव कार्यक्रम नारायण बिपीले सञ्चालन गर्ने छन् । कार्यक्रममा सम्पूर्ण वार्डवासी, संस्कृतिप्रेमी तथा समस्त नेपाली आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरूलाई उपस्थितिको लागि आह्वान गरेको चारपाला युवा क्लब परिवारले जनाएको छ ।
कार्यक्रममा सुनवलका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहनेछ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology