देवदह । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) रुपन्देहीको आयोजनामा बेसिक र सेकेन्डरी लेभल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ईप्सा अन्तर्गत जुनियर तर्फ १४ र सिनियर तर्फ १३ विद्यालयहरु प्रतियोगितामा सहभागि थिए ।
‘स्वच्छ वातावरण’ विषयक जुनियर लेवल चित्रकला प्रतियोगितामा सगरमाथा आवासीय माविका ईप्सु पोखरेलले प्रथम स्थान हासिल गरेका छन् । यस्तै न्यू लुम्बिनी इङ्गलिस बोर्डिङ स्कुलका रेशम रेश्मी द्धितिय, एसियन लाइट बोर्डिङ स्कुलका जेनीसा घर्ती तृतिय र न्यू नमूना बोर्डिङ स्कुलका अंकिता पि.सीले सान्त्वना स्थान हासिल गरे ।
यस्तै सिनियर लेवलमा आयोजना गरिएको ‘मेरो कल्पनाको संसार’ विषयक चित्रकला प्रतियोगितामा सगरमाथा आवासीय माविका पुस्कल पाण्डेले प्रथम स्थान हासिल गरेका छन् । जसमा न्यू लुम्बिनी इङ्गलिस बोर्डिङ स्कुलका जगत सारु द्धितिय, सेभेन स्टार बोर्डिङ स्कुलका साधना बिरकट्टा तृतिय र देवदह बोर्डिङ स्कुलका एलिना श्रेष्ठले सान्त्वना स्थान हासिल गरे ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यालय तहमा गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताए । उनले जिल्लामा हुने अतिरिक्त क्रियाकलापका ईप्सा अन्तर्गतका विद्यालयको सहभागिता उत्साहजनक रहने गरेको र नतिजामा समेत सफलता पाउने गरेको भन्दै प्रशंसा गरे ।
त्यस्तै ईप्साका सल्लाहकार बोधराज गौडेलले चित्रकला प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरुले आँफुमा भएको प्रतिभालाई लुकाएर राख्न नहुनेमा जोड दिए ।
एच. बि रम्तेल र अमन क्षेत्रीले निर्णायकको भुमिका निर्वाह गरेको प्रतियोगिता ईप्साका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता, कार्यक्रम संयोजक कृष्ण गैरेको स्वागत एवम् सचिव विनोद थापामगरको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology