Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल द्वन्द

इरानी सर्वोच्च नेता खामेनीलाई बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पको धम्कीपूर्ण आग्रह

इरानी सर्वोच्च नेता खामेनीलाई बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पको धम्कीपूर्ण आग्रह

images
  • इरानी सर्वोच्च नेता खामेनीलाई बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पको धम्कीपूर्ण आग्रह
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानका सर्वोच्च नेता आयुतोल्लाह खामेनी कहाँ छन् भन्ने बारेमा जानकारी रहेको बताउदै बिना शर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा खामेनीको नाम उल्लेख नगरी राष्ट्रपति ट्रम्पले खामेनीलाई निशाना नबनाउने स्पष्ट गर्दै इरानी 'सर्वोच्च नेता' कहाँ छन् भन्ने स्पष्ट जानकारी रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्- 'हामीलाई राम्ररी थाहा छ, तथाकथित 'सर्वोच्च नेता' कहाँ लुकेका छन् । उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन् । हामी उनलाई अहिले नै हटाउने (मार्न) चाहदैनौं, कम्तिमा अहिले नै होइन । तर हामी नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार गर्न पनि चाहँदैनौं । हाम्रो धैर्यता अब टुट्दै गएको छ ।'

    images
    images
    images

    साथै ट्रम्पले अर्को पोष्टमा खामेनीलाई लक्षित गर्दै 'बिना शर्त आत्मसमर्पण' लेखेका छन् ।   

    साथै ट्रम्पले इरानको आकाशमा आफ्नो पूर्ण नियन्त्रण रहेको समेत दाबी गरेका थिए । उनले भने, 'इरानसँग राम्रो स्काई ट्र्याकर र अन्य रक्षा उपकरणहरू थिए र ठूलो मात्रामा, तर तिनीहरू अमेरिकामा बनाइएको, डिजाइन गरिएको र निर्मित 'उपकरण' सँग मेल खान सक्दैनन् ।' उनले यो काम अमेरिका भन्दा राम्रोसँग कसैले गर्न नसक्ने समेत दाबि गरेका छन् ।

    अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ, तर जब इजरायलले शुक्रबार इरानमाथि आक्रमण शुरु गरेपछि भने अमेरिका आधिकारिक रुपमा आक्रमणमा संलग्न नभएको दाबि गर्दै आएको छ । तर इरानले भने अमेरिकाको सहयोग बिना इजरायलले इरानमाथि यति ठुलो आक्रमण गर्न नसक्ने दाबि गर्दै आएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।