Logo

२०८३, आश्विन ११गते


images
images

संस्कृति

मगर समुदायको भूमे पर्व सुरू, सभामुख घर्ती मगरले दिए शुभकामना

मगर समुदायको भूमे पर्व सुरू, सभामुख घर्ती मगरले दिए शुभकामना

images
  • मगर समुदायको भूमे पर्व सुरू,  सभामुख घर्ती मगरले दिए शुभकामना
    images
    images

    बुटवल । मगर समुदायले परम्परादेखि मनाउँदै आएको भूमे पर्व (भुम्या पर्व) आजदेखि सुरू भएको छ । असार १ गतेदेखि एक साता मनाइने यो पर्व विशेषतः अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले हर्षोल्लासका साथ मनाउने गर्छन् ।

    images
    images
    images

    प्रकृति पूजक मगर जातिले वर्षेनी असारको सुरुवातसँगै भूमि पूजाबाट पर्व आरम्भ गर्छन् । मानवीय क्षति नहोस्, प्राकृतिक प्रकोप टरोस् र समृद्धिको कामना गर्दै मगरहरूले परापूर्वकालदेखि यो पर्व मनाउँदै आएका छन् ।

    images
    images
    images

    भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना सन्देश जारी गरेका छन् । शुभकामनामा उनले विभेदमा पारिएका समुदायको भाषा, लिपि, संस्कृति र चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षप्रति राज्य र समाजको ध्यान केन्द्रित गरिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    सभामुख घर्ती मगरले लेखेका छन्, “विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक–अधिकार स्थापित गर्न लुम्बिनी प्रदेशसभा सामाजिक न्यायसम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ। साथै मगर, थारु र मधेसी समुदायको भाषा सरकारी कामकाजको भाषा बनाउनुपर्ने आवश्यकता छ र त्यसका लागि कानुनी आधार तयार गर्न प्रदेशसभा सधैं तत्पर छ ।”

    भूमे पर्वलाई अठार मगरात सभ्यता र मगर इतिहासमा प्रमुख चाडका रूपमा लिइन्छ। मगर समुदाय आफैँलाई भूमिपुत्र र प्रकृति पूजक मान्ने भएकाले यो पर्व समुदायको सांस्कृतिक अस्तित्वसँग गाँसिएको मानिन्छ ।

    लुम्बिनी प्रदेशका रोल्पा, रुकुम, प्युठान र दाङ जिल्लाका मगर बस्तीहरूमा यो पर्व सामूहिकरूपमा मनाइन्छ। गाउँगाउँमा बाजा बजाउँदै नाचगान गरी पर्वको उल्लास व्यक्त गरिन्छ । रोल्पाको थवाङ, मिरुल, कुरेली, उवा र जेलवाङ तथा पूर्वी रुकुमको महत, काक्री, सेरा, हुकाम, तक र मैकोट क्षेत्र भूमे पर्वको प्रमुख केन्द्र मानिन्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।