बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रका लागि छुटाइएको परिमार्जित बजेटमा नेपाल पत्रकार महासंघ रुपन्देहीले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारले लोककल्याणकारी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरिएको भन्दै आपत्ती जनाएको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार अभिभावकीय भूमिकामा हुनुपर्नेमा त्यसो नभएको जनाईएको छ । बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केकाले उल्लेख गर्दै महासंघले उक्त कमजोरी तुरुन्त सच्याउन जोडदार माग गरेको छ ।
"विधि पद्धती र आर्थिक अनुशासन विपरित छुट्याइएको सञ्चार सम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरि समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं" - विज्ञप्तिमा भनिएको छ ।
साथै पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ती जनाउदै महासंघले उक्त कोषको रकमलाई थप वृद्धि गर्न माग गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology