ओखलढुङ्गा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भुपेन्द्र मगरलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।
भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology