Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

images
  • अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य
    images
    images

    काठमाडौँ । अमेरिका र इरानबीच तनाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै कच्चा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले बुधवार  मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन निर्देशन दिएपछि अनेक अड्कलबाजी भइरहेको छ ।

    images
    images
    images

    मंगलवार  न्यूयोर्कमा दिउँसोको व्यापारमा अन्तर्राष्ट्रिय तेल मानक ब्रेन्ट क्रूडको मूल्य यसको स्तरबाट पाँच प्रतिशतले बढेर प्रति ब्यारेल ७० डलर पुगेको थियो । अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएटले पनि वृद्धि देखाएको छ र अप्रिल पछिको उच्चतम स्तरमा पुगेको छ ।

    images
    images
    images

    केही घण्टा अघि डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग जारी वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको थियो।

    images
    images
    images

    राष्ट्रपति ट्रम्पले गैर-आवश्यक कर्मचारी फिर्ताको पुष्टि गर्दै भनेका थिए- 'अमेरिकी कर्मचारीहरू मध्य पूर्व छोड्दैछन् । यो खतरनाक ठाउँ हुन सक्छ । हामी के हुन्छ हेर्नेछौं । इरानसँग आणविक हतियार हुन सक्दैन । हामी यो हुन दिने छैनौं ।'

    अमेरिका इरानलाई कूटनीति पहलबाट आणविक हतियार प्राप्त गर्न रोक्न असफल भएमा सैन्य विकल्पहरू विचार गर्न सक्ने दाबी गरिएको छ । इजरायलले पनि इरानविरुद्ध कारबाही गर्ने धम्की दिएको छ । इरान दशकौंमा आफ्नो सबैभन्दा कमजोर स्थितिमा छ र यस्तो अवस्थामा आक्रमण गर्ने अवसर रहेको इजरायलको बुझाई रहेको छ ।

    इरानका रक्षामन्त्रीले उनको देशले कुनै पनि आक्रमणको जवाफ 'बिना हिचकिचाहट' दिने बताएका छन् । यी कथनहरूको तेल बजारमा प्रत्यक्ष प्रभाव परेको विश्लेषण गरिएको छ ।

    इरानलाई नयाँ आणविक सम्झौतामा पुग्न तोकिएको समय पनि आज सकिँदैछ । ट्रम्पले इरानलाई यो सम्झौतामा पुग्न ६० दिनको समय दिएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कच्चा तेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।