Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलमा मारूनी नाच प्रशिक्षण

बुटवलमा मारूनी नाच प्रशिक्षण

images
  • बुटवलमा मारूनी नाच प्रशिक्षण
    images
    images

    बुटवल । बुटवलमा सञ्चालित मगर समुदायको लोपोन्मूख मौलिक नृत्य मारूनी नाच प्रशिक्षण एक कार्यक्रमका बीच समापन गरिएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम बुधबार बुटवलमा समापन गरिएको हो । 

    images
    images
    images

    सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले भाषा, कला, सास्कृतिक पहिचान राज्यको सम्पत्ती भएकाले यसलाई सरक्षण गर्ने दायित्व स्थानीय राज्यको भएको बताए । उनले बहुभाषिक र बहुसांस्कृतिक बुटवल नगरको विशेषता भएकाले सबै समुदायको पहिचान संरक्षण र प्रवर्द्धनमा बुटवल नगर लागेको बताए । 

    images
    images
    images

    प्रमूख पाण्डेयले अबको दिनमा संस्कृतिको पहिचानलाई व्यवसायिक ढङ्गवाट पर्यटन प्रवर्द्धनमा जोड्नुपर्ने धारणा राखे । मौलिक संस्कृतिलाई अर्थउपार्जनसंग पनि जोड्न सके आर्थिक समृद्धिका साथै संस्कृतिको पनि जगेर्ना हुने उनको भनाइ छ ।

    images
    images
    images

    कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर वीरकट्टाले हिजोका दिनमा आदिवासी जनजाति समुदायका भाषा, संस्कार, संस्कृति र मौलिक पहिचानलाई सुनियोजित ढङ्गबाट नामेट गने कार्य गरेकाले अबको दिनमा संरक्षण र प्रवर्द्धनको कार्य क्षतिपूर्तीको रूपमा राज्यका निकायले नै गर्नुपर्ने बताए ।

    सो अवसरमा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, नेपाल मगर संघ रुपन्देही जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष टेक बहादुर रेस्मीमगर, नेपाल मगर संघ बुटवल नगरका पूर्व अध्यक्ष किसन बहादुर थापामगर लगायतले बोलेका थिए । 

    नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरेमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकी मगरको सञ्चालनमा सम्पन्न भएको थियो । 

    सोरठी नृत्य प्रशिक्षणको सहजीकरण कारिकोटे मगर समाजद्वारा गरिएको थियो । प्रशिक्षकको रूपमा नैना राना मगर र चूम बहादुर लामछाने मगरले मुख्य भूमिका निभाएका थिए । मारूनी प्रशिक्षण तालिममा बुटवल उपमहानगरका १९ वडाका ५ वटा मारूनी समूहले भाग लिएका थिए ।

    मगर समुदायको मौलिक नृत्य ठूलो नाच समेत भनिने मारूनी नाचमा गीत सुरुवात तथा गाउने मूख्य व्यक्तिलाई रउरा भनिन्छ भने नाचको मूख्य नृत्यकार फुरसुङ्गे, अन्य दुई जना नृत्य गर्ने मारुनी र दुई जना मादले सहित संयुक्त रूपमा नाच प्रस्तुत गर्ने गरिन्छ । रउरा, फुरसुङ्गे, मारूनी र मादलेको संयुक्त नृत्यवाट मात्र सोरठी अर्थात मारुनी नाच पुरा हुन्छ । 

    विशेषगरी नेपालको पश्चिम क्षेत्र पाल्पा, स्याङ्जा, तनहुँ, वाग्लुङ र गुल्मीमा यो सोरठी नाच प्रख्यात छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।