Logo

२०८३, आश्विन ११गते


images
images

फिफा विश्वकप छनोट

अष्ट्रेलिया एसियाबाट फिफा विश्वकपमा छनोट हुने छैंठौ राष्ट्र बन्यो

अष्ट्रेलिया एसियाबाट फिफा विश्वकपमा छनोट हुने छैंठौ राष्ट्र बन्यो

images
  • अष्ट्रेलिया एसियाबाट फिफा विश्वकपमा छनोट हुने छैंठौ राष्ट्र बन्यो
    images
    images

    काठमाडौँ । अस्ट्रेलिया फिफा विश्वकप २०२६ का लागि छनौट भएको छ । अस्ट्रेलियाले साउदी अरेबियाविरुद्ध २-१ गोल अन्तरको जित निकाल्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

    images
    images
    images

    अस्ट्रेलियाको जितमा कोन्नोर मेटकाल्फी र मिच डुकले एक एक गोल गरेका थिए । त्यस्तै साउदी अरबका लागि एक गोल अब्दुलराहमान अलोबडले एक गोल गरेका थिए ।      

    images
    images
    images

    एसियाको विश्वकप छनौटको समुह सी मा रहेको अस्ट्रेलिया दोस्रो हुदै विश्वकपमा छनौट भएको हो ।  अस्ट्रेलियाको समुह सी मा १० खेलमा १९ अंक रहेको छ । त्यस्तै यस समुहमा जापान शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भइसकेको छ । 

    images
    images
    images

    एसियाबाट अहिलेसम्म अस्ट्रेलियासहित जापान, इरान, उज्बेकिस्तान, दक्षिण कोरिया र जोर्डन विश्वकपमा छनौट भइसकेका छन् । 

    एसिया छनौटका तीन समुहका तेस्रो र चौथो स्थानमा रहेका देश अर्को चरणमा खेल्ने छन् ।  ६ देशलाई २ समुहमा बिभाजन गरेर खेल्ने छन् र दुई समुहका शिर्ष स्थानमा रहने देश सिधै विश्वकपमा छनौट हुने छन् । समुहका उपविजेता अर्को चरणमा खेल्ने अवसर पाउने छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।