Logo

२०८३, आश्विन ११गते


images
images

फिफा विश्वकप २०२६

ब्राजिल र इक्वेडर विश्वकपमा छनौट

ब्राजिल र इक्वेडर विश्वकपमा छनौट

images
  • ब्राजिल र इक्वेडर विश्वकपमा छनौट
    images
    images

    काठमाडौँ । ब्राजिल फिफा विश्वकप २०२६ मा छनौट भएको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई १-० ले पराजित गरेसँगै ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट भएको हो । 

    images
    images
    images

    ब्राजिलको जितमा खेलको ४४औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक गोल बनेको थियो । 

    images
    images
    images

    यो जितपछि ब्राजिलको १६ खेलमा २५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।  योसँगै ब्राजिल अहिलेसम्मका सबै विश्वकपमा छनौट हुने पहिलो देश बनेको छ । 

    images
    images
    images

    त्यस्तै दक्षिण अमेरिकी क्षेत्रबाट इक्वेडर पनि विश्वकपका लागि छनौट भएको छ ।  आज सम्पन्न खेलमा पेरुसँग गोलरहित बराबरी खेलेको इक्वेडरको १६ खेलमा २५ अंक रहेको छ र दोस्रो स्थानमा छ । 

    दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना यसअघि नै छनौट भइसकेको छ ।  दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै छनौट हुने छन् भने एक देशले प्लेअफ खेल्ने अवसर पाउने छ । 

    ४८ देशले भाग लिने २०२६ को विश्वकपमा अहिलेसम्म आयोजक क्यानडा, अमेरिका र मेक्सिको बाहेक जापान, न्यूजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, अस्ट्रेलिया, ब्राजिल र इक्वेडर छनौट भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।