काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्ध खेल्दैछ । न्यू लाओस नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ५: ४५ बजेदेखि शुरु हुनेछ ।
नेपाल एएफसी एसियन कप २०२७ छनोटको समुह एफमा रहेको छ । यस समुहमा नेपालले गत मार्च ३१ मा मलेसियासँग खेलेको खेल २-० ले हारेको थियो । त्यस्तै लाओस आफ्नो पहिलो खेलमा भियतनामसँग ५-० ले पराजित भएको थियो । यस समुहमा नेपालसहित मलेसिया, लाओस र भियतनाम रहेका छन् ।
लाओसविरुद्ध नेपाल अहिलेसम्म पराजित भने भएको छैन । अहिलेसम्म खेलेका ७ खेलमा नेपालले ५ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपाल लाओसविरुद्ध पछिल्लो पटक फिफा विश्वकप छनौट अन्तर्गत २०२३ को अक्टोबरमा खेलेको थियो ।
फिफा वरियतामा नेपाल १७५औ स्थानमा छ भने लाओस १९०औ स्थानमा रहेको छ ।
लाओसविरुद्ध खेल्ने नेपाली टिममा किरण चेम्जोङ (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, गिलेस्प्ये जंग कार्की, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology