Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

देवदहमा निशुल्क स्वास्थ्य शिविर : दुइ सय ८० जनाले लिए सेवा

देवदहमा निशुल्क स्वास्थ्य शिविर : दुइ सय ८० जनाले लिए सेवा

images
  • देवदहमा निशुल्क स्वास्थ्य शिविर : दुइ सय ८० जनाले लिए सेवा
    images
    images

    देवदह । शहरी स्वास्थ्य केन्द्र देवहद–४ भवानीपुरले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा दुइ सय ८० जनाले सेवा लिएका छ्न् । शिविरमा छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, महिलाको सर्भाइकल क्यान्सरको भिआईए स्क्रिनिङ्ग परिक्षण गरि औषधी समेत वितरण गरिएको थियो ।

    images
    images
    images

    सो क्रममा एक सय ३० जनालाई छाला तथा यौनरोग सेवा, एक सय ५० जनालाई महिला तथा स्त्री रोग सेवा प्रदान गरिएको शहरी स्वास्थ्य केन्द्रका प्रमुख मेघनाथ न्यौपानेले जानकारी दिए । जसमध्ये ३ जनालाई पाठेघर खस्ने समस्या, ६ जना पाठेघरको मुखमा घाउ (इरोजन), २ जनामा पाठेघरको मुखमा गाँठा (पोलिप)को समस्या देखिएको न्यौपानेले जानकारी दिए । 

    images
    images
    images

    यसैगरी शिविरमा आएका ३० जनाको ब्रेस्ट स्क्रिनिङ्ग  गरिएकोमा ५ जनामा समस्या देखिएकाले उनीहरुलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको छ । त्यस्तै भिआईए परिक्षणको क्रममा ६ जनामा पोजेटिभ भेटिएको छ । पोजेटिभ देखिएकाहरुलाई समेत आवाश्यक थप परिक्षण तथा उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको प्रमुख न्यौपानेले बताए । 

    images
    images
    images

    शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. विष्णु गौतम र छाला तथा यौनरोग विशेषज्ञ डा. बिक्रम ज्ञवालीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । 

    shiwir 1.jpg
    निशुल्क स्वास्थ्य शिविरमा उपस्थित सेवाग्राही

    यसअघि शिविर उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले स्वास्थ्य उपचारमा सहजताका लागि बिमा कार्यक्रममा जोडिनका लागि सहभागिहरुलाई आग्रह गरेका थिए । उनले एउटा परिवारमा तीन हजार पाँच सय रुपैंयाले ५ जनासम्मको स्वास्थ्य बिमा हुने र एक लाख रुपैंयासम्म उपचार खर्च पाईने भएकाले त्यसमा जोडिन सहभागिहरुलाई आग्रह गरे । उनले भने, ‘देवदह नगर अस्पताललाई बिमाको प्रस्थान विन्दुको रुपमा स्थापित गरिएको छ । यसबाट देवदहवासीले सेवा लिनुपर्छ ।’

    देवदह-४ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दमननाथ रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।