Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

देवदह १२ का कृषकलाई अनुदानमा कृषि औजार

देवदह १२ का कृषकलाई अनुदानमा कृषि औजार

images
  • देवदह १२ का कृषकलाई अनुदानमा कृषि औजार
    images
    images

    देवदह । देवदह नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत साना व्यवसायी कृषि उत्पादन केन्द्र तरकारी विकास कार्यक्रम अन्र्तगत कृषकहरुलाई २४ लाख रुपैंया बरावरको कृषि औजार प्रदान गरिएको हो ।

    images
    images
    images

    देवदह नगरपालिका–१२, का सानदार कृषक समुहद्धारा सञ्चालित तरकारी पकेट क्षेत्रका कृषकहरु प्रदान गरिएको नगरपालिका कृषि शाखाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको १२ लाख र कृषकहरुको १२ लाख गरी २४ लाख बरावरको लगानीमा खरिद गरिएका कृषि औजार आईतवार एका कार्यक्रमका विच नगरप्रमुख ध्रुवप्रसाद खरेलले कृषकहरुलाई हस्तान्तरण गरे ।  

    images
    images
    images

    सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले कृषि औजार प्रदान गरेसंगै कृषकहरुको उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । उजले कृषिको प्रवद्र्धन गर्नको लागि विभिन्न औजार प्रदान गरेको बताउँदै तरकारी खेतीलाई व्यवसायीक बनाउन आवश्यक रहेकोमा जोड दिए । नगरप्रमुख खरेलले उत्पादन बृद्धिले मात्र आर्थिक विकास हुने बताउँदै समुहमा तरकारी खेती गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    हस्तान्तरित कृषि औजारहरुमा मिनी टे«लर ७ थान, मोटर ७ थान, पम्पिङ्गसेट ४ थान, स्प्रे टंकी १३ थान, पाईप एक सय ५५ फिट, डेलीभरी पाईप चार सय २० के जी रहेको छ । देवदह–१२, का ४ वटा टोल विकास सस्थालालई मिलाएर सानदार नगर कृषक समुह गठन भएको र करिव ३० विगाहा क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आएको छ । 

    तरकारी उत्पादनको लागि सिचाईसंगै खेत जोत्को लागि उक्त सामाग्री प्रदान गरिएको देवदह नगरपालिका कृषि शाखाका पविन्द्र मल्लले जानकारी दिए । देवदह–१२, को सानदार नगर क्षेत्रमा विगत लामो समयदेखि तरकारी उतपादन गर्दै आईरहेको र उत्पादन बृद्धि गर्नको लागि कृषकहरुलाई कृषि औजार प्रदान गरिको उनले बताए ।

    समुहका अध्यक्ष राजकुमार मल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–१२, का वडाअध्यक्ष डेगबहादुर सारु, लेखा अधिकृत निरज पौडेल, कृषि शाखाका सञ्जय अर्याल लगायतको उपस्थिती थियो । समुहका सचिव राजेश केवटको स्वागत र कृषि शाखाका प्राविधिक मल्लको सञ्चालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि औजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।