Logo

२०८३, आश्विन ११गते


images
images

आईपिएल

भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत २५ लाख पुर्यायो

भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत २५ लाख पुर्यायो

images
  • भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत २५ लाख पुर्यायो
    images
    images

    काठमाडौँ । भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बैंगलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा मृत्यु भएकाहरूको लागि क्षतिपूर्ति रकम बढाउने घोषणा गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालको एक पोस्टमा उनले लेखेका छन्, 'मैले चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा मृत्यु भएकाहरूको परिवारलाई घोषणा गरिएको क्षतिपूर्ति १० लाखबाट बढाएर २५ लाख पुर्‍याउन आदेश दिएको छु ।'

    images
    images
    images

    यससँगै उनले यस दुर्घटनामा आफ्ना आफन्त गुमाएकाहरूले आर्थिक कठिनाइको कारणले पीडित हुनु नपर्ने उल्लेख गरेका छन् ।

    images
    images
    images

    गएको बुधवार, रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको पहिलो आइपिएल उपाधिको विजय उत्सवका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा कम्तिमा ११ जनाको मृत्यु भयो र ५० भन्दा बढी घाइते भएका थिए ।

    १८ वर्षपछि, रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएल ट्रफी जितेपछिको विजय उत्सवमा एक लाखभन्दा बढी प्रशंसकहरू रंगशाला बाहिर भेला भएपछि भागदौड मच्चिएको थियो ।

    रोयल च्यालेन्जर्स बैंगलुरुले पनि मृतकका परिवारका लागि १०-१० लाख दिने घोषणा गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्नाटक सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।