Logo

२०८३, आश्विन ११गते


images
images

विश्वकप लिग-२

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

images
  • विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै
    images
    images

    काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।   

    images
    images
    images

    नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।  

    images
    images
    images

    हाल लिग-२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन ।

    त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।