Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

देवदहमा किशोरी तथा महिलाहरुको लागि स्वास्थ्य जनचेतना तालिम

देवदहमा किशोरी तथा महिलाहरुको लागि स्वास्थ्य जनचेतना तालिम

images
  • देवदहमा किशोरी तथा महिलाहरुको लागि स्वास्थ्य जनचेतना तालिम
    images
    images

    देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सम्बन्धि जनचेतनामुलक शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले शनिवार देवदहमा किशोरी तथा महिलाहरुको लागि स्वास्थ्य तालिम गरेको हो ।   

    images
    images
    images

    तालिमको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिला स्वास्थ्य सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय भएको बताइन् । 'स्वास्थ्य सम्बन्धि जनचेतना सबैलाई आवश्यक छ ।' उनले भनिन्, 'त्यसमा पनि किशोरी र महिला यस विषयमा जानकार हुनु अनिवार्य छ ।'

    images
    images
    images

    देवदह नगरपालिकाले महिलाको क्षमता विकास र महिला शसक्तिकरणमा काम गरिरहेको उल्लेख गर्दै उपप्रमुख गुरुङले सहकारीहरुले पनि यस क्षेत्रमा चासो राखेर कार्यक्रम आयोजना गर्नाले नगरपालिकालाई सहयोग हुने विचार व्यक्त गरिन् । 

    images
    images
    images

    स्वास्थ्यकर्मी अनिता थापाले सहजीकरण गरेको तालिममा ११५ जना महिला तथा किशोरीहरु सहभागी थिए ।

    स्वास्थ्य जनचेतना तालिम .jpeg

    सहकारीका अध्यक्ष मिना पौडेलको अध्यक्षता रहेको कार्यक्रममा देवदह नगर कार्यपालिका सदस्य रुपा उमारी ढुंगाना र सहभागीको तर्फबाट सुनिता पाण्डे लगायतले बोलेको थिए । 

    कार्यक्रममा उपाध्यक्ष सर्मिला पन्त स्वागत तथा सचिव अनिता ज्ञवाली संचालन रहेको थियो । 
     


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।