Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

विद्यालय सुधारको लागि केरवानी माविले प्रस्तुत गर्यो १२ बुँदे संकल्प

विद्यालय सुधारको लागि केरवानी माविले प्रस्तुत गर्यो १२ बुँदे संकल्प

images
  • विद्यालय सुधारको लागि केरवानी माविले प्रस्तुत गर्यो १२ बुँदे संकल्प
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयका नवनिर्वाचित व्यवस्थापन समितिले १२ बुँदे विद्यालय सुधार संकल्प घोषणा गर्दै पदस्थापना गरेको छ । गत चैत्र ३ गते निर्वाचित समितिले एक कार्यक्रमका बिच १२ बुँदे विद्यालय सुधार संकल्प घोषणा गर्दै पदस्थापना गरेको हो । 

    images
    images
    images

    समितिले जारी गरेको संकल्पमा विद्यार्थीको क्षमता अनुसार शिक्षण क्रियाकलाप सञ्चालन गरी सत प्रतिशत नतिजा निकाल्ने, सीप, संस्कार तथा प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण तयार गर्ने, उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने, विद्यालयको आचार संहिता निर्माण गरी लागु गर्ने रहेका छन् । यसैगरी विद्यालयको असल अभ्यासलाई विद्यार्थी मार्फत कार्यक्रम संचालन गर्ने, शिक्षक, विद्यार्थी तथा अभिभावकमा सिकाईप्रति स्वजागरण र उत्तरदायी हुने योजना ल्याउने, भौतिक पुर्वाधारलाई वालमैत्री तथा नमुना योग्य हुनेगरी व्यवस्थापन गर्ने लगाएत रहेका छन् ।  

    images
    images
    images

    उक्त अवसरमा बोल्दै देवदह नगरपालिकाका शिक्षा अधिकारी लोकराज पन्थीले विद्यालय सुधार संकल्पले शिक्षाको गुणस्तर सुधार्न सहयोग पुग्ने बताए । उनले विद्यालय सुधारको लागि गरिएको संकल्प कार्यान्वयनको लागि सवै लाग्नु पर्नेमा जोड दिए । पन्थीले केरवानी माविलाई नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरु एकतावद्ध भएर लाग्न आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विरेन्द्र पाण्डेले नमुना विद्यालय बनाउनको लागि व्यवस्थापन समिति दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष पाण्डेले सोही अवसरमा एक लाख ११ हजार रुपैंया बरावरको अक्षयकोष स्थापनाको घोषणा गरे । 

    नगर शिक्षा अधिकृत पर्शुराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्त गणेश डुम्रे, सुनवल–७ का वडाअध्यक्ष नारायण आचार्य, विद्यालयका पूर्वअध्यक्ष डोलराज चापागाई, पूर्व प्रधानाध्यापक मित्रलाल न्यौपाने, युगज्योति माविका प्रधानाध्यापक यमलाल अर्याल लगायतको सहभागिता थियो । 

    विद्यालयमा पाण्डेको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । जसको सदस्यहरुमा विनिता अधिकारी, पदमाकुमारी रिजाल, सिता शर्मा काप्mले र पूर्णचन्द्र पुरी रहेका छन् । यसैगरी शिक्षक प्रतिनिधिमा यज्ञप्रसाद अर्याल, वडाअध्यक्ष गणेश डुम्रे पदेन सदस्य तथा विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना सदस्य सचिवको रुपमा रहेका छन् । 

    विद्यालयले शिक्षक अभिभावक संघको अध्यक्षमा गणेश तिमिल्सिना र शैक्षिक गुणस्तर संयोजकमा भगवती श्रेष्ठलाई चयन गरेको जनाएको छ । प्रधानाध्यापक ढुंगानाको स्वागत र सहायक प्रधानाध्यापक कमल ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।