Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक अझै शुरु भएन : विपक्षी दलहरुसँग छलफलमा प्रचण्ड

प्रतिनिधिसभाको बैठक अझै शुरु भएन : विपक्षी दलहरुसँग छलफलमा प्रचण्ड

images
  • प्रतिनिधिसभाको बैठक अझै शुरु भएन : विपक्षी दलहरुसँग छलफलमा प्रचण्ड
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक संचालन हुने विषयमा आज पनि अन्योल देखिएको छ । आज अपराहन्न १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन् । 

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले सदनको अवरोध जारी राखेपछि बैठक बस्न नसकेको हो ।  अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।

    images
    images
    images

    संसद भवनमा रहेको आफ्नो कार्यकक्षमा प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरिरहेका हुन् । यस अघि माओवादी केन्द्रको पदाधिकारी बैठकले विहिबार संसद्को अवरोध खुलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाको मागमा लचक भएको अन्य विपक्षीले आरोप लगाइरहेका छन् । माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको 'सेफ ल्यान्डिङ' खोजेको एक कांग्रेस नेताले एभरेष्ट न्यूज एजेन्सीसँग बताए ।

    तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।