Logo

२०८३, आश्विन ११गते


images
images

विश्वकप छनौट

उज्वेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनौट

उज्वेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनौट

एशियाबाट अहिलेसम्म इरान, जापान, दक्षिण कोरिया, जोर्डन र उज्वेकिस्तान विश्वकपका लागि छनौट
images
  • उज्वेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा छनौट
    images
    images

    काठमाडौँ । उज्वेकिस्तान र जोर्डनले पहिलो पटक फिफा फुटबल विश्वकपमा छनौट भएका छन् । त्यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनौट भएको छ ।

    images
    images
    images

    विश्वकप छनौट अन्तर्गतको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै आफुलाई पहिलो पटक विश्वकपमा पुर्याएको हो । एसियाली छनोट तेस्रो चरणको समूह ‘ए’ मा इरान र उज्वेकिस्तान शीर्ष स्थानमा छन् । इरान पनि विश्वकपका लागि छनोट भइसकेको छ ।

    images
    images
    images

    त्यस्तै जोर्डनले ओमानलाई ३-० गोल अन्तरले पराजित गर्दै समुह बि मा दोस्रो हुदै विश्वकपमा पहिलो पटक छनौट भएको छ ।

    images
    images
    images

    एशिया छनौटको समुह बी मा दक्षिण कोरिया शिर्ष स्थानमा रहदै विश्वकपमा छनौ भएको छ ।

    एशियाबाट अहिलेसम्म इरान, जापान, दक्षिण कोरिया, जोर्डन र उज्वेकिस्तान विश्वकपका लागि छनौट भएका छन् ।

    त्यस्तै क्यानडा मेक्सिको र अमेरिका २०२६ विश्वकपको आयोजकको रुपमा छनौट भएका छन् । त्यसैगरी दक्षिण अमेरिकी समुहबाट अर्जेन्टिना यसअघि नै छनौट भइसकेको छ भने आसियाना क्षेत्रबाट न्यूजील्याण्ड विश्वकपमा छनौट भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।