Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलको नविन औद्योगिक माविमा दुव्र्यसन सम्बन्धी सचेतना

बुटवलको नविन औद्योगिक माविमा दुव्र्यसन सम्बन्धी सचेतना

images
  • बुटवलको नविन औद्योगिक माविमा दुव्र्यसन सम्बन्धी सचेतना
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नविन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम बिहीवार  सम्पन्न गरेको छ । 
    सोही क्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी हरूलाई लागू पदार्थको परिचय, दुव्र्यसनका प्रकार, कारणहरू, असरहरू, कानुनी सजाय र बच्ने उपायहरूका बारेमा सहजीकरण गरिएको थियो । 

    images
    images
    images

    यसैगरी लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृत तालिम १२औं समूहमा सहभागी ३० जना प्रशिक्षार्थीहरूलाई दुव्र्यसन विरुद्ध जनचेतनामूलक प्रशिक्षण समेत दिईयो । 

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, प्रहरी सहायक हवल्दार सागर बिक, प्रहरी जवान राजकुमार खड्का, चिफ यादव लगायतले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    prahari 1.jpg

    उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यासहरूको बारेमा जानकारी गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नविन औद्योगिक मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।