Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएल

आइपिएल जितेपछि विराट भन्छन् - यो जित ती सबै वर्षहरूको निराशा र टुटेका हृदयका लागि हो !

आइपिएल जितेपछि विराट भन्छन् - यो जित ती सबै वर्षहरूको निराशा र टुटेका हृदयका लागि हो !

images
  • आइपिएल जितेपछि विराट भन्छन् - यो जित ती सबै वर्षहरूको निराशा र टुटेका हृदयका लागि हो !
    images
    images

    काठमाडौँ । विराट कोहलीले रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएलको उपाधि जितेपछि आफ्ना फ्यानहरूलाई सन्देश दिएका छन्। उनले फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो १८ बर्षको सपना पुरा भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्- 'यस टोलीले यो सपना साकार पार्‍यो, एउटा सिजन जुन म कहिल्यै बिर्सने छैन ।'

    images
    images
    images

    विराटले यो जित आफुहरुको १८ बर्षको कठिन यात्रामा साथ नछोडेक फ्यानहरुप्रति समर्पित गरेका छन् । उनले लेखेका छन्- 'यो जित ती सबै आरसीबी फ्यानहरूको लागि हो जसले हामीलाई सबैभन्दा कठिन समयमा पनि छोडेनन् । यो जित ती सबै वर्षहरूको निराशा र टुटेको हृदयको लागि हो ।'

    images
    images
    images

    विराटले आईपीएल जितेपछि यो ट्रफीको लागि १८ वर्षको लामो प्रतीक्षा लायक भएको बताएका छन् ।

    मंगलवार राति सम्पन्न आइपिएलको फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।