Logo

२०८३, श्रावण २७गते


images
images

नेपालको विद्युत् र सिँचाइका लागि विश्व बैंकले स्वीकृत गर्यो २५७ मिलियन डलर

नेपालको विद्युत् र सिँचाइका लागि विश्व बैंकले स्वीकृत गर्यो २५७ मिलियन डलर

images
  • नेपालको विद्युत् र सिँचाइका लागि विश्व बैंकले स्वीकृत गर्यो २५७ मिलियन डलर
    images
    images

    काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालका लागि दुई परियोजनाका लागि २५७ मिलियन डलर अनुमोदन गरेको छ । दुई परियोजनामा कृषि उत्पादकत्व बढाउन विद्युत् वितरण सेवा बढाउने र सिँचाइ सेवा सुधार गर्ने रहेका छन् ।

    images
    images
    images

    विश्वबैंकले विद्युत् आपूर्ति विश्वसनीयता सुधार परियोजनाका लागि १२० मिलियन डलर स्वीकृत गरेको छ, जसले विद्युत् वितरण सञ्जाललाई सुदृढ बनाउने र कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रयोगकर्तालाई विद्युत् आपूर्ति बढाउने छ । 

    images
    images
    images

    नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहेको यो परियोजनाले नयाँ वितरण सबस्टेशनहरू निर्माण गर्ने, अवस्थित नेटवर्कहरूको स्तरोन्नति गर्ने र सञ्चालन दक्षता बढाउन वितरण सञ्जालको वास्तविक-समय अनुगमनको लागि स्वचालित प्रणाली लागू गर्ने कुरामा ध्यान केन्द्रित गर्ने विश्व बैंकले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै रानी जमरा कुलरिया सिँचाइ परियोजनाको आधुनिकीकरणको तेस्रो चरणका लागि १३७ मिलियन डलर  स्वीकृत गरेको छ, जसले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभरि सिँचाइ सेवामा पहुँच विस्तार गर्ने, कृषि उत्पादकत्व बढाउने र जलवायु लचिलोपन बढाउने लक्ष्य राखेको छ । 

    नेपालको जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागद्वारा संयुक्त रूपमा कार्यान्वयन गरिएको यस परियोजनाले वर्षभरि सिँचाइ विस्तार गर्नेछ जसले गर्दा एक लाख ६० हजार मानिस लाभान्वित हुने विश्व बैंकले उल्लेख गरेको छ ।

    माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले भनेका छन् 'निर्वाध बिजुली आपूर्ति र पर्याप्त, वर्षभरि सिँचाइ सेवा नेपालको दिगो विकासको लागि आधारभूत इनपुट हुन् । यी परियोजनाले जलवायु र प्रकोप जोखिमहरूविरुद्ध लड्नका साथै किसानलाई एकीकृत कृषि सहयोग सेवाको साथसाथै सुधारिएको कनेक्टिभिटी र जलविद्युतबाट उत्पादित स्वच्छ बिजुलीको प्रवर्द्धनमा जोड दिएका छन् ।'

    परियोजनामा नेपाल विद्युत प्राधिकरण र पानी उपभोक्ता संघको लागि क्षमता निर्माण पहलहरू पनि समावेश छन् जसले पूर्वाधारको प्रभावकारी व्यवस्थापन र दिगोपनको लागि नवीन समाधान प्रवर्द्धन गर्न र संस्थागत प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।