काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ बढाइएको निगमले जानकारी दिएको छ ।
मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४३ भएको निगमले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology