काठमाडौँ । चेल्सीले युइएफए कन्फेरेन्स लिगको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनलमा स्पेनिस क्लब रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको युइएफए कन्फेरेन्स लिगको उपाधि जितेको हो ।
चेल्सी १-० गोल अन्तरले पछि परेको अवस्थामा खेलको दोस्रो हाफमा कमब्याक गर्दै ४ गोल गरेको थियो ।
चेल्सीका लागि इन्जो फर्नानडेज, निकोलस क्याक्सन, जोर्डन सान्चो र मोइयस काइसेडोले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका लागि अबडे इजालजोउलीले शुरुवाती गोल गरेका थिए ।
योसँगै चेल्सी युइएफएको च्याम्पियन्स लिग, युरोपा लिग, कन्फेरेन्स कप र सुपर कप जित्ने पहिलो क्लब बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology