Logo

२०८३, श्रावण २७गते


images
images

प्रदेशस्तरीय यु–१६ क्रिकेट

प्रदेशस्तरीय यु–१६ क्रिकेट : रूपन्देही र बाँके विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेट : रूपन्देही र बाँके विजयी

images
  • प्रदेशस्तरीय यु–१६ क्रिकेट : रूपन्देही र बाँके विजयी
    images
    images

    भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । मंगलवार सम्पन्न खेलमा रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीका लागि कप्तान समीर अली मुसलमानले अविजित ७० रन बनाए । ३७ बलको सामना गरेका उनले १२ चौका र २ छक्का प्रहार गरे । यस्तै, आरिफ खानले २१ र सिद्धार्थ ढकालले ११ रन जोडे । बलिङमा कपिलवस्तुका सुरज यादवले २ र कमरन अहमदले १ विकेट लिए ।

    images
    images
    images

    यसअघि टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले २८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । उसका लागि सुरज यादवले ४६ र रौनक श्रीवास्तवले २३ रन बनाए । बलिङमा रुपन्देहीका प्रिन्स पालले ३, सोइब हसन मुसलमान र सुरज रानाभाटले २–२ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा रुपन्देहीका समीर अली मुसलमान प्लेयर अफ द म्याच भए ।

    images
    images
    images

    यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बर्दियाले बाँकेका लागि ९७ रनको लक्ष्य दियो । २५ ओभर २ बलमा सबै विकेट गुमाएर बर्दियाले मात्र ९६ रनको झिनो योगफल बनाउन सफल भयो । जम्मा केशव विष्ट १७ तथा हेमन्त आचार्य र निराजन थापाले समान १४ रनको योगदान गरेपनि अन्य ब्याट्समेनले दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा बाँकेका निखिल धनकुट्टा र आषिश नाउले ३–३, भुवन शाहीले २ तथा निराजन चन्दले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बाँकेले १९ ओभर ४ बलमा ७ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । बाँकेको जितमा दियान्स बर्माले ४७ र निराजन चन्दले अविजित १२ रनको योगदान गरे । बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३ तथा हेमन्त आचार्य, संयक जंग थापा र आयुष न्यौपानेले समान १–१ विकेट लिए । खेलमा बाँकेका निखिल धनकुट्टा प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए । 

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । प्रतियोगिताको जेठ १६ गतेसम्म चल्नेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।