Logo

२०८३, श्रावण २७गते


images
images

सम्पत्ति शुद्धिकरण

रामबहादुर बम्जन कारागार चलान

रामबहादुर बम्जन कारागार चलान

images
  • रामबहादुर बम्जन कारागार चलान
    images
    images

    सर्लाही । रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा  जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

    images
    images
    images

    ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि उनलाई सोमवार कारागार चलान गरिएको हो । 

    images
    images
    images

    सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन आज जिल्ला अदालतमा उपस्थित भएका थिए । 

    images
    images
    images

    यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।  त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा दिएको पुनरावेदन निवेदनमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते उच्च अदालतले सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामबहादुर बम्जन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।