Logo

२०८३, आश्विन ९गते


images
images

गोल्डेन बुट

एम्बाप्पेले जिते युरोपियन गोल्डेन बुट

एम्बाप्पेले जिते युरोपियन गोल्डेन बुट

images
  • एम्बाप्पेले जिते युरोपियन गोल्डेन बुट
    images
    images

    काठमाडौँ । किलीयन एम्बाप्पेले युरोपियन गोल्डेन बुट जितेका छन् ।

    images
    images
    images

    स्पेनिस ला लिगामा ३१ गोल गरेका एम्बाप्पेले भिक्टोर गिओकेरेज र मोहमद सलाहलाई पछि पर्दै युरोपियन गोल्डेन बुट जितेका हुन् ।

    images
    images
    images

    रियल म्याड्रिडको डेभ्यु सिजनमा नै एम्बाप्पेले व्यक्तिगत रुपमा ला लिगाको गोल्डेन बुट र युरोपको गोल्डेन बुट जितेका छन् ।

    images
    images
    images

    युरोपियन गोल्डेन बुटका लागि युइएफएले कोइफिसेन्टका आधारमा विजेता तय गर्ने गर्दछ । जसमा एम्बाप्पेले ६२ अंक हासिल गरेका थिए । त्यस्तै स्पोर्टिंग सिपीका भिक्टोर गिओकेरेजले पोर्चुगलको लिगमा ३९ गोल गर्दै ५८.५ अंक हासिल गरेर दोस्रो स्थानमा रहेका छन् ।

    त्यस्तै लिभरपुलका मोहमद सलाहले २९ गोल गर्दै ५८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेका छन् ।

    युरोपियन गोल्डेन बुट सबै भन्दा बढी पटक जित्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले ६ पटक यो उपाधि जितेका छन् भने क्रिस्टियानो रोनाल्डोले ४ पटक यो उपाधि जितेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।