Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

एमालेभित्र प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजियो : गोकुल बास्कोटा

एमालेभित्र प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजियो : गोकुल बास्कोटा

images
  • एमालेभित्र प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजियो : गोकुल बास्कोटा
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा जटिल र दुरुह बनाउने प्रयास भइरहेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images
    images

    पार्टी भित्रको निर्वाचन प्रक्रिया र सहमतिलाई लिएर केही व्यक्तिहरूले देखाएको व्यवहारप्रति इङ्गित गर्दै बास्कोटाले लेखेका छन्– 'एमालेको अन्तर पार्टी जीवनभित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो व्यवहार प्रकट हुन थालेका छन् । चुनाव दुश्मनी र सहमति गरे टिका प्रथा भन्नु गलत हो ।'

    images
    images
    images

    "पार्टी र त्यसका सम्बद्ध संगठनहरूलाई जबज (जनताको बहुदलीय जनवाद) को संगठनात्मक सिद्धान्तअनुसार चलाउनु नै ठीक हो ।" उनले भनेका छन, "तर केही व्यक्तिहरूले 'जबज' को नाम लिँदै आफ्नो पक्षको मात्र समर्थन गर्न खोज्ने प्रवृत्ति देखिएको छ । जबज भन्या गजब र फलानोको साथ मलाई भन्न बन्द गरौं न!"

    images
    images
    images

    बास्कोटाको यो टिप्पणी हालै पार्टीभित्र विभिन्न तहमा भइरहेका निर्वाचन र सहमतिको प्रक्रियामा देखिएको तनाव र असहमतिको पृष्ठभूमिमा आएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।