Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

images
  • लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
    images

    दाङ । लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरेको छ। छैठौं अधिवेशनको आठौं बैठकले ध्वनिमतबाट नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ राखेपछि ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन्।

    images
    images
    images

    विगत दुई दिनदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी थियो। छलफलमा ४० जना प्रदेशसभा सदस्यहरूले भाग लिँदै विकासका विविध पक्षमा आफ्ना सुझाव तथा धारणा राखेका थिए। बहसमा उठेका विचारलाई सकारात्मक ठहर गर्दै मुख्यमन्त्री आचार्यले सरकार कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

    images
    images

    उनका अनुसार नीति तथा कार्यक्रम तीनै तहका सरकारबीचको समन्वय, सीमित साधन स्रोतको यथार्थ, र विगतका अनुभवलाई आधार बनाएर तयार पारिएको हो। उनले आगामी बजेट कार्यक्रमगत र आयोजनागत रूपमा नीति तथा कार्यक्रमको कार्यान्वयनमा लक्षित हुने स्पष्ट पारे।

    कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारद्वारा अनुगमन प्रणालीलाई सुदृढ पारिने पनि मुख्यमन्त्रीले बताए। ‘रचनात्मक सुझाव प्राप्त भएका छन्। तिनलाई विषयगत मन्त्रालयमार्फत कार्यक्रमिक ढंगले अघि बढाउने प्रयास हुनेछ,’ उनले भने, ‘नीति तथा कार्यक्रम सरकारको दिग्दर्शन हो, यसलाई बजेटमार्फत सम्बोधन गरिनेछ।’

    प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधारलगायत क्षेत्रलाई प्राथमिकता दिँदै प्रदेशको समग्र विकास गर्ने उद्देश्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। सांसदहरूले प्रस्तुत कार्यक्रमलाई सकारात्मक भन्दै कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

    मुख्यमन्त्री आचार्यले आगामी बजेट पनि कार्यान्वयन योग्य र परिणाममुखी हुने दाबी गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।