काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह मात्र माओवादीमा समाहित हुन लागेको हो ।
एकताबारे औपचारिक निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते आइतवार विस्तारित बैठक बोलाएको छ । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने श्रेष्ठ निकट नेताले जनाएका छन् ।
श्रोतका अनुसार दुई पार्टीबिच १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ आउँदै छन् ।
२०८० चैत ३ गते यादव सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology